कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि भेटियो शव, मृतकको संख्या ७४ पुग्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १, बुधबार (५ महिना अघि)
  • ४ पटक पढिएको
कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि भेटियो शव, मृतकको संख्या ७४ पुग्यो

काठमाडौं, ०१ भदौ। कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको अनलाइनखबरलाई बताए ।

शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन ।

योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । ती शवको पनि पहिचान भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस