रौशन कुमार चौधरी
रौतहट,०२असोज। जेनजी आन्दोलनको नाममा केही अराजक समूहले गरेको तोडफोड र आगजनीबाट रौतहटको कटहरिया नगरपालिकामा ठूलो मात्रामा क्षति भएको छ ।
तोडफोड र आगजनीबाट कटहरिया नगरपालिकामा १० करोड भन्दा बढीको क्षति भएको पाइएको छ । सुरक्षा निकाय र जनप्रतिनिहिरुले स्थलगत अनुगमन निरीक्षण गरे पश्चात मुचुल्का उठाउँदा कटहरिया नगरपालिकामा १० करोड बराबरको क्षति भएको पाइएको हो ।
जेनजी आन्दोलनको मौका छोपेर गत भदौ २४ गते साँझ विकास विरोधी केहि प्रतिक्रियावादी तत्वहरुले आफना राजनीतिक रोटी सेक्ने नियतका साथ कटहरिया नगरपालिका कार्यालयमा प्रवेश गरी व्यापक तोडफोड र लुटपाट गरेका थिए । सो पालिका कार्यालयमा तोडफोड र लुटपाट गरेपछि बचेको सामग्रीहरुमा आगो लगाएका थिए । आगलागीबाट कार्यालयका सोफा, दराज, टेवल, कुर्सी, एसी, पंखा, कागजात लगाएतका सामग्रीहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
ति व्यक्तिहरुले कम्प्यूटर, ल्याप्टप, इन्भर्टर, प्रिन्टर लगाएतका सामानहरु लुटेर लगेका थिए भने कार्यालयमा बाँकी रहेका समपूर्ण सामग्रीमा आगो लगाएका थिए । उनिहरुले नगरपालिकाको सवारी साधनमा समेत आगो लगाई जलाइदिएका छन् । आगजनीबाट कटहरिया नगरपालिका कार्यालय जलेर पूर्ण रुपमा ध्वस्त नै भएको छ । आगजनीले कार्यालयको भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ ।
प्रशासनिक भवनमा पनि आगजनीको ठूलो क्षति भएको पाइएको छ। आगजनीले नगरपालिकाको सबै कागजात समेत जलेर नष्ट भएको छ । कार्यालयको सबै सामग्री र कागजातहरु जलेर पूर्ण रुपमा नष्ट भएपछि नगरपालिकाको कामकाज पूर्ण रुपमा प्रभावित भएको छ भने कार्यालय सञ्चालन गर्न समस्या उत्पन्न भइरहेको छ । आगजनीले कार्यालयको कुनै पनि सामान बाँचेका छैनन । जसका कारण पालिकाको कामकाज ठप्प भएको छ ।
आगजनीका कारण जलेर कार्यालय ध्वस्त भएका कारण तत्काल सेवा सुचारु गर्ने अवस्था नरहेको बताइएको छ ।
यसैविच कटहरिया नगरपालिकाका मेयर अजय प्रकास जयसवालले जेनजीको नाममा केहि चोर र लुटेराहरुले आफना पालिका कार्यालयमा तोडफोड, लुटपाट तथा आगजनी गरी पालिकालाई ध्वस्त पारेको बताएका छन् ।
राजनीतिक रुपमा आफूसंग प्रतिस्पर्धा गर्न नसकेका केहि उदण्ड र अराजक व्यक्तिका समूहले आन्दोलनको मौका छोपेर कार्यालयमा लुटपाट, तोडफोड र आगजनी गरेको मेयर जयसवालको भनाई छ । राजनीतिक पूर्वाग्रह राखेर राजनीतिक प्रतिसोध साध्ने नियतका साथ आफना विपक्षीहरुले जेनजी आन्दोलनको नाममा पालिका कार्यालयमा आक्रमण गरी १० करोड भन्दा बढीको क्षति पुरयाएको मेयर अजय प्रकाश जयसवालको दावी छ ।
आन्दोलनको नाममा नक्कली जेनजीहरुले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गरी हानी नोक्सानी पुरयाई कानुनी रुपमा अक्ष्म्य र दण्डनीय काम गरेकोले यस कार्यमा संलग्न अपराधिहरुलाई कानुनी कार्यवाही गर्न उनले माग गरेका हुन ।
तोडफोड र आगजनीले नगरपालिका कार्यालय जलेर पुरै खरानी भएकोले अब कार्यालय कसरी सञ्चालन गर्ने भन्ने बारे ठूलो समस्या भइरहेको मेयर जयसवालले बताए ।
आगलगीले पालिका पुरै ध्वस्त भएकोले तत्काल सेवा सञ्चालन गर्ने अवस्था नरहेको उनले बताए । नगरपालिका कार्यालयको सबै कागजात समेत जलेर नष्ट हुँदा अर्को ठुलो समस्या थपिएको उनले बताए । कागजात नै जलेपछि अब कामकाज कसरी हुने भन्दै उनले चिन्ता व्यक्त गरे ।
आफुले नगरमा विकास निर्माणका कार्य अगाडि बढाउँदा केहि विपक्षीहरु आतिएको र उनिहरुले नै आन्दोलनको मौका छोपेर नगरपालिकामा आक्रमण गरी आफना स्वार्थ पुरा गर्ने काम गरेको उनले बताए । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुरयाएर आफना राजनीतिक चमकाउँछु भन्ने सोच राख्नेहरुलाई चेतावनी दिदै मेयर जयसवालले चुनाव जित्न जनताको मन जितनुपर्ने बताए ।
अबदेखी सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुरयाउने कुचेष्टा नगर्न विपक्षीहरुलाई चेतावनी दिदै जयसवालले अबदेखी यस्तो हर्कत गरे ठुलो मूल्य चुकाउनुपर्ने बताए ।


