धान खेतमा जंगली हात्ती मृत अवस्थामा फेला 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ४, शनिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
धान खेतमा जंगली हात्ती मृत अवस्थामा फेला 

झापा, ०४ असोज। मेचीनगरमा धान खेतमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। शनिबार बिहान करिब ८ बजे  मेचीनगर-१ स्थित स्थानीय कमल कार्कीको खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो।

हात्ती शुक्रबार राति मरेको हुन सक्ने अनुमान गरिएको र घटनास्थल मेची नदी नजिकै रहेको संरक्षणकर्मी शंकर लुइँटेलले बताए । उनका अनुसार ढोइ (पोथी) हात्ती मृत फेला परेको हो ।

घटनाबारे सूचना पाएलगत्तै डिभिजन वन कार्यालय झापाको टोली घटनास्थल पुगेको डिभिजन वन प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।

`वन कार्यालयको टोली घटनास्थल पुगिसकेको छ । थप अनुसन्धानका लागि कोशी टप्पु वन्यजन्तु आरक्ष, राष्ट्रिय प्रकृति संरक्षण कोषबाट समेत विज्ञ टोली बोलाएका छौं । अनुसन्धानपछि मृत्युको कारणबारे थाहा हुनेछ,´ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस