धनुषाबाट अबैध लागुऔषध गाँजा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ४, शनिबार (५ महिना अघि)
  • ३ पटक पढिएको
धनुषाबाट अबैध लागुऔषध गाँजा बरामद

धनुषा, ०४ असोज। सशस्त्र प्रहरीले धनुषाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विदेह नगरपालिका–३ गोबराहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा ८ सय ३५ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषाबाट प्रहरी निरीक्षक हेमन्त लिम्बूको कमाण्डमा खटिएको २७ जनाको टोलीले शुक्रवार सो गाँजा बरामद गरेको हो।

बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अशोक बमले जानकारी दिए। 

ताजा अपडेट

खोजी गर्नुहोस