खाल्डोमा भेटियो एक पुरुषको शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ४, शनिबार (५ महिना अघि)
  • ४ पटक पढिएको
खाल्डोमा भेटियो एक पुरुषको शव फेला

विराटनगर, ०४ असोज। विराटनगरमा पसलमा काम गर्ने मोरङको जहदा गाउँपालिका–५ केवरत टोलका ४५ वर्षीय हरि राय मृत फेला परेका छन् । प्रहरीका अनुसार शनिबार बिहान घरनजिकै खाल्डोमा मृत फेला परेका हुन् ।

राय विराटनगरस्थित एउटा कस्मेटिक पसलमा काम गर्थे । प्रायः राति ११ बजेपछि घर पुग्ने गर्थे । तर, शुक्रबार उनी घर नफर्केपछि परिवारले खोजतलास थालेका थिए । शनिबार बिहान करिब ६:२० बजे घर नजिकैको खाल्डोमा पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा राय चढ्ने साइकलसमेत भेटिएको छ । प्रहरीको प्रारम्भिक अनुमानअनुसार रातको समयमा साइकल चलाउने क्रममा लडेर करिब दुई फिट गहिरो खाल्डोमा परेपछि उठ्न नसक्दा डुबेर मृत्यु भएको हुनसक्छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोलीले घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि मृत्युको कारण प्रष्ट हुने प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस