ललितपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ५, आईतबार (५ महिना अघि)
  • ४ पटक पढिएको
ललितपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, ०५ असोज। ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोस्थित सडकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा३क २८४५ नम्बरको ट्याङकरले बागमती प्रदेश ०२-०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा कैलाली घर भई ठेचोमै बस्ने ४८ वर्षीय कमलसिंह ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस