सिरहामा विद्युतीय मोटरबाट करेन्ट एक शिक्षकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ५, आईतबार (५ महिना अघि)
  • ३ पटक पढिएको
सिरहामा विद्युतीय मोटरबाट करेन्ट एक शिक्षकको मृत्यु

सिरहा, ०५ असोज। सिरहामा सिँचाइका लागि प्रयोग गरिएको विद्युतीय मोटरबाट करेन्ट एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको लहान नगरपालिका– २३, गाढा गाउँका ३८ वर्षीय बिजेन्द्र कुमार सहनी सोमबार बिहान खेतमा धानमा पानी हाल्ने तयारी गर्दै थिए।

घर नजिकै जडान गरिएको विद्युतीय मोटर चलाउने क्रममा अचानक करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। सहनी लहान – १९ सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हुन्।

आफन्त र स्थानीयले तत्काल उद्धार गरी उनलाई रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक धर्मेश कुमार यादवका अनुसार घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस