जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारलाई आटी नेपालले रोजगारी दिने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ५, आईतबार (५ महिना अघि)
  • ३ पटक पढिएको
जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारलाई आटी नेपालले रोजगारी दिने

काठमाडौं, ०५ असोज। जनेजी आन्दोलनमा मृत्यु भएका परिवारलाई एशोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री नेपालले रोजगारी दिने घोषणा गरेको छ ।

सरकारले शहीद घोषणा गरेका परिवारका एक/एक जना व्यक्तिलाई रोजगारी दिने घोषणा गरिएको हो ।

संस्थाले इच्छुक शहीद परिवारलाई सम्पर्क गर्न भनेको छ । शैक्षिक योग्यता, सीप, अनुभव तथा दक्षताका आधारमा प्रक्रिया पूरा गरी रोजगारी दिइने छ ।

रोजगारीका लागि आवश्यक कागजात र अनुभवको प्रमाणपत्रहरू ह्वाट्स एप (9801008819) र aatinepal2080@gmail.com मा पठाउन सकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस