वीरगन्जमा हैजा फेरि बढ्न थाले संक्रमितको संख्या २३७ पुग्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ५, आईतबार (५ महिना अघि)
  • ४ पटक पढिएको
वीरगन्जमा हैजा फेरि बढ्न थाले संक्रमितको संख्या २३७ पुग्यो

वीरगञ्ज, ०५ असोज। एक महिनादेखि फैलिएको हैजा संक्रमण पछिल्ला दिनमा फेरि बढ्न थालेको छ। वीरगञ्ज महानगरपालिकाले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार महानगरमा मात्रै संक्रमितको संख्या २१९ पुगेको छ भने पोखरिया अस्पतालमा १८ जना थपिएर जिल्लाभर २३७ पुगेको छ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार पछिल्ला तीन/चार दिनयता दैनिक २०–२२ बिरामी आउँदा, हैजा पुष्टि हुने क्रम बढिरहेको छ। उनले दूषित पानीकै कारण संक्रमण पुनः दोहोरिएको बताए।

हालसम्म वीरगञ्ज र पोखरिया मिलाएर १ हजार ४५१ बिरामी भर्ना भएका मध्ये १ हजार ४२१ निको भएर घर फर्किएका छन् भने ३० जना अझै उपचाररत छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता जयमोद ठाकुरले स्थानीयले सावधानी नअपनाएसम्म संक्रमण नियन्त्रणमा आउन नसक्ने भन्दै पानी उमालेर मात्र सेवन गर्न आग्रह गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस