नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ७, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन

काभ्रेपलाञ्चोक,०७ असोज। नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ ।

पूर्वमेयर तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए ।

नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए ।

गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले चलाएको स्कुटरमा सवार भएको अवस्थामा काठमाडौंतर्फ जाँदा उनी दुर्घटनामा परेका थिए ।

गम्भीर घाइते उनी धुलिखेल अस्पतालको सघन उपचारकक्षमा उपचाररत थिए । तिमल्सिनाका श्रीमती र दुई छोरा  छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस