रौतहटको बागमती नदीमा कलश यात्रामा गएका एक किशोर डुबेर बेपत्ता 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ७, मंगलबार (५ महिना अघि)
  • ३ पटक पढिएको
रौतहटको बागमती नदीमा कलश यात्रामा गएका एक किशोर डुबेर बेपत्ता 

रौतहट,०७ असोज। रौतहटको वृन्दावन नगरपालिका स्थित बागमती नदीमा घटस्थापनाको अवसरमा कलश यात्रामा सहभागी हुन गएका एक किशोर डुबेर बेपत्ता भएका छन् । बेपत्ता  भएको झन्डै २४ घण्टा बित्दा पनि हालसम्म उनी फेला पर्न सकेको छैन।

वृन्दावन –३ विश्रामपुरका गजेन्द्र यादवका १३ वर्षीय छोरा रोशन यादव सोमबार बिहान हनुमान चौकस्थित दुर्गा पूजाको लागि गरिएको कलश शोभा यात्रामा सहभागी भएका थिए। बागमती नदीमा नुहाउने क्रममा खोलाको गहिरो खाडलमा परेर उनी बेपत्ता भएको प्रहरीको अनुमान रहेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर र सशस्त्र प्रहरी बल समनपुर क्याम्पका टोलीसहित स्थानीय बासिन्दाले खोजी कार्य गरिरहेको छ । तर हालसम्म फेला नपरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले बताएका छन्।

प्रहरीका अनुसार रमौली घाटदेखि धरमपुर घाटसम्म व्यापक खोजी गर्दा पनि कुनै सुराक नलागेपछि बेलुकी अँध्यारो भएपछि खोजी कार्य स्थगित गरिएको थियो। आज बिहानैदेखि पुनः खोजी अभियान सुरु गरिएको डिएसपी आचार्यले जानकारी दिएका छन्।

दसैँको अवसरमा पहिलो दिन घटस्थापनाको लागि नजिकको नदी खोलाबाट माटोको गाग्रीमा जल ल्याएर स्थापना गर्ने चलन रहिआएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस