धनुषामा मोटरसाइकल दुर्घटना हुँदा, २ जनाको घटनास्थलमै मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १०, शुक्रबार (५ महिना अघि)
  • ३ पटक पढिएको
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा, २ जनाको घटनास्थलमै मृत्यु

जनकपुरधाम, १० असोज। धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् ।

धनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भिर घाइते छन् । उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

विहीबार राति साढे १० बजेतिर कमला नगरपालिका–३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका लागि भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकल चढेर जाँदै गर्दा दुर्घटना भएको थियो । दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस