वीरगञ्जमा एक नाइजेरियन नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १०, शुक्रबार (५ महिना अघि)
  • ३ पटक पढिएको
वीरगञ्जमा एक नाइजेरियन नागरिक पक्राउ

वीरगञ्ज, १० असोज। भारत–नेपाल सीमा नाकामा अवैध प्रवेश गर्न खोज्ने एक नाइजेरियन नागरिक पक्राउ परेका छन्। रक्सौल नाकामा आव्रजन विभागले कडा जाँचपडताल गर्दा उनीसँग फर्जी पासपोर्ट फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ पर्ने ती नाइजेरियन नागरिकले नेपालतर्फबाट भारत प्रवेश गर्ने प्रयास गरेका थिए। तर, शंका लागेपछि आव्रजन अधिकृतहरूले आवश्यक कागजात जाँच गर्दा उनको पासपोर्ट नक्कली रहेको प्रमाणित भएको छ।

फर्जी पासपोर्ट प्रयोग गरी सीमा पार गर्ने प्रयासमा संलग्न ती नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आव्रजन विभागले जनाएको छ।

सीमा क्षेत्रमा यस प्रकारका गतिविधि बढ्दै गएको अवस्थामा आव्रजन विभागले कडाइका साथ चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस