दाङमा खोलाले बगाएर एक जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १०, शुक्रबार (५ महिना अघि)
  • ४ पटक पढिएको
दाङमा खोलाले बगाएर एक जनाको मृत्यु

दाङ, १० असोज। दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको मृत्यु भएको हो । गिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो ।

कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । खोजीको क्रममा उनको शव वनगाउँ चोक नजिकै कुलोमा फेला परेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस