रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १०, शुक्रबार (५ महिना अघि)
  • ३ पटक पढिएको
रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ

काठमाडौं, १० असोज। इन्टरपोलबाट रेड नोटिस जारी भएकी महिला दुबईबाट पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल छिन् । दुबईमा पक्राउ परेकी उनलाई बिहीबार नेपाल फिर्ता ल्याइएको हो ।

उनीविरुद्ध नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २१ चैत २०८१ मा रेड नोटिस जारी भएको थियो ।

उनी ठगी कसुरका अभियुक्त रहेको प्रहरीले बताएको छ । दाहाललाई मुद्दा सुनसरीमा रहेकाले अनुसन्धानका लागि सुनसरी पठाइएको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस