नेपाल प्रहरीमा खुल्यो १ हजार ६०० सय जनाका लागि जागिर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १०, शुक्रबार (५ महिना अघि)
  • ३ पटक पढिएको
नेपाल प्रहरीमा खुल्यो १ हजार ६०० सय जनाका लागि जागिर

वीरगञ्ज, १० असोज। नेपाल प्रहरीले करिब एक हजार ६०० सय जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल प्रहरीले शुक्रबार सूचना निकालेर एक हजार ५५३ प्रहरी जवान, कार्यालय सहयोगीतर्फ११ हजाम, १५ कुचीकार र १५ खेलाडी गरी १५९४ जनाका लागि दरखास्त आह्वान गरेको हो।

प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न मात्र जाने पुग्नेछ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ।

ताजा अपडेट

खोजी गर्नुहोस