ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १३, सोमबार (५ महिना अघि)
  • ४ पटक पढिएको
ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृत्यु

काठमाडौं, १३ असोज। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।

पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् ।

अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ । उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए ।

दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए ।

तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिएन । उनको टाउको पछाडिको भागमा गोली लागेको थियो । उनी उपचारकै क्रममा कोमामा थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस