काठमाडौंको काष्ठमण्डप नजिकैका घरमा भीषण आगलागी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १३, सोमबार (५ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौंको काष्ठमण्डप नजिकैका घरमा भीषण आगलागी

काठमाडौं, १३ असोज। काठमाडौंको काष्ठमण्डप नजिकैका घरहरुमा आगलागी भएको छ । आज बिहानपख ३ बजेदेखि आगलागी सुरु भएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।

आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस