पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको विदेश भ्रमण रोक्न सिफारिस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १३, सोमबार (५ महिना अघि)
  • ४ पटक पढिएको
पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको विदेश भ्रमण रोक्न सिफारिस

वीरगञ्ज, १३ असोज। जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना उच्च पदस्थ व्यक्तिहरूको विदेश भ्रमण रोक्न सिफारिस गरेको छ।

आयोगको आज बसेको बैठकले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको विदेश यात्रा रोक्न सिफारिस गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार यी पाँचै जना जेनजी आन्दोलनका घटनासम्बन्धी अनुसन्धानको दायरामा परेका कारण विदेश जान नपाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरिएको हो।

आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “छानबिन र जाँचबुझको क्रममा यी व्यक्तिहरूलाई कुनै पनि समयमा आयोगमा उपस्थित गराउनुपर्ने हुनाले आयोगको स्वीकृति विना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।”

आयोगले हालसम्म आन्दोलनका क्रममा भएको घटनामा संलग्न व्यक्तिहरूको तथ्य खोजी तथा प्रमाण संकलनलाई प्राथमिकतामा राख्दै छानबिन अगाडि बढाएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस