इटहरीमा श्रीमानले गरे श्रीमतीको हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १४, मंगलबार (४ महिना अघि)
  • ३ पटक पढिएको
इटहरीमा श्रीमानले गरे श्रीमतीको हत्या

इटहरी, १४ असोज। इटहरीमा एक युवकले श्रीमतीको हत्या गरेका छन् । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–१ घर भई इटहरी उपमहानगरपालिका–१२ मा डेरा गरी बस्ने ३० वर्षीय सुमन दाहालले २५ वर्षीया श्रीमती अनिषा भट्टराईको हत्या गरेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ८ बजेतिर उनले काठको बटमले श्रीमतीको टाउकामा प्रहार गरेका थिए । गम्भीर घाइते अनिषालाई प्रहरीको सहयोगमा उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्‍याइएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार उपचारको क्रममा राति ९ः१० उनको मृत्यु भएको हो । घटनापछि दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस