मधेशका शक्तिपीठहरूमा खोइछ भर्ने महिला तथा लड्डु चढाउने श्रद्धालुको भीड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १४, मंगलबार (४ महिना अघि)
  • ३ पटक पढिएको
मधेशका शक्तिपीठहरूमा खोइछ भर्ने महिला तथा लड्डु चढाउने श्रद्धालुको भीड

जनकपुरधाम, १४ असोज। मधेशका शक्तिपीठहरूमा खोइछ भर्ने महिला तथा लड्डु चढाउने श्रद्धालुको भीड लागेको छ।

बडा दशैंको सप्तमी र महाअष्टमीको अवसरमा महिलाहरूले शक्तिपीठहरूमा श्रद्धापूर्वक दुर्गा नव दुर्गा भवानीको ‘खोइछ’भर्ने गर्दछन्। जनकपुरधामको प्रसिद्ध राजदेवी मन्दिरमा आज मध्यरातिदेखि नै हजारौं महिलाहरूले खोइछ भरेका छन्।

हजारौं महिला खोइछ भर्न अझै पनि लाममा छन्। पति र सन्तान रक्षा तथा चिरायुको कामना गर्दै महिलाहरूले सतमी र महाअष्टमीको दिन खोइछ भर्ने गर्दछन्।

खोइछ भराइमा शक्तिपीठहरूमा चुन्दरी ओच्छयाएर त्यसमाथि पान, सुपारी, सिन्दुर, चुरा, फलफूल र अन्य पुजा सामग्री राखेर महिलाहरू विशेष पूजा गर्ने गर्छन्।

चुन्दरीमा सबै सामग्री बांधेर माताको खुट्टामा चढाइउने विधिलाई ‘खोइछ भराइ’ भनिन्छ।

जनकपुरधामको राजदेवी धनुषाकै रामानन्दचोकसहित मधेशका शक्तिपीठहरूमा हिजैदेखि खोइछ भर्ने महिलाको भीड छ। यस्तै अन्यले भने सप्तमी र अष्टमीमा भने लड्डु समेत चढाउने गरिन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस