वीरगञ्जस्थित गहवामाई मेलामा मोबाइल र सुनका गरगहना चोरी गर्ने दुई चोर पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १४, मंगलबार (४ महिना अघि)
  • ४ पटक पढिएको
वीरगञ्जस्थित गहवामाई मेलामा मोबाइल र सुनका गरगहना चोरी गर्ने दुई चोर पक्राउ

वीरगञ्ज, १४ असोज। वीरगञ्जस्थित ऐतिहासिक गहवामाई मन्दिरमा आज लागेको मेलामा चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

मेलामा आएका दर्शनार्थीहरूको मोबाइल फोन र सुनका गरगहना चोर्ने क्रममा पक्राउ परेका दुई जना चोरलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मेलामा भीडभाडको अवसर पारेर चोरणे कार्य भइरहेकाले विशेष निगरानी राखिएको थियो। सोही क्रममा पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयहरूले मेलामा चोरी गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएकोमा प्रहरीलाई धन्यवाद दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस