मकवानपुरको सिमामा रहेको चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १५, बुधबार (४ महिना अघि)
  • ३ पटक पढिएको
मकवानपुरको सिमामा रहेको चुरियामाई मन्दिर नजिक बस दुर्घटना, दुई जनाको मृत्यु

सिमरा, १५ असोज। बारा र मकवानपुरको सिमामा रहेको चुरियामाई मन्दिरमा बसले किचेर दुई जनाको मृत्यु भएको छ। घटनामा केही घाइते भएका छन्।

चुरियामाई मन्दिरको उकालोतर्फ गुडिरहेको बस अचानक पछाडि गुड्न थालेपछि दुर्घटना भएको हो। बसले ओरालोमा रहेको मोटरसाइकललाई किचेको थियो।

प्रहरीका अनुसार घटनास्थलमा दुई जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।

मृतक र घाइतेको नाम खुल्न सकेको छैन। घटनापछि उक्त क्षेत्रमा सवारी आवागमन असहज बनेको छ। स्थिति सहज बनाउन इलाका प्रहरी कार्यालय सिमरा र इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी टोली खटिएको छ।

दशैंको समयमा चुरियामाई मन्दिरमा मेला लाग्ने गरेको छ। नवरात्रीको समयमा मन्दिर क्षेत्रमा दर्शनार्थीको घुइँचो र सवारी साधनको चाप हुने गर्दछ।

ताजा अपडेट

खोजी गर्नुहोस