झापाको बुट्टाबारीमा बस दुर्घटना हुँदा, दुई जनाको मृत्यु, १३ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १६, बिहिबार (४ महिना अघि)
  • ५ पटक पढिएको
झापाको बुट्टाबारीमा बस दुर्घटना हुँदा, दुई जनाको मृत्यु, १३ जना घाइते

झापा, १६ असोज। पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको बुट्टाबारीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा इटहरी नगरपालिका ११ निवासी ४६ वर्षीय दिनेश कुमार भट्टराई र बसका सहचालक मोरङ रङ्गेली नगरपालिका – २ निवासी ४२ वर्षीय राज कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको बस आज बिहान साढे ९ बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा अनियन्त्रित भई सडकबाट ५ मिटर तलतिर पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी एक जनाको घटनास्थलमै र एक जनालाई अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।

दुर्घटनामा परी दर्जन बढी घाइतेहरूलाई प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । बस चालक फरार रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस