रमेश कुमार यादब
असोज १७, रौतहट
राष्ट्रिय दलित पत्रकार संघ, रौतहट जिल्ला कार्यसमितीद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ । “लोकतन्त्रको मूल आधार सम्मान, सहभागी र विभेदमुक्त समाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज“ भन्ने मूल नाराका साथ बृन्दावन नगरपालिका–८ बहुअरीस्थित दलित भवनको सभाहलमा बिहीबार कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष एवम् बृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान ९निर्माणी० को अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् राष्ट्रिय दलित पत्रकार महासंघका केन्द्रीय सचिव सिकिन्द्र पासवान रहनुभएको थियो भने बृन्दावन नगरपालिका–८ का वडाअध्यक्ष रविन्द्र प्रसाद साह विशिष्ट अतिथि रहनुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिकिन्द्र पासवानले दलित समुदायको ठूलो जनसंख्या हुँदाहुँदै पनि संगठनात्मक एकताको अभावका कारण केन्द्रदेखि स्थानीय तहसम्म अपहेलित हुँदै आएको तथ्य औंल्याउनुभयो ।
उहाँले समाजमा अझै पनि दलित समुदायलाई अपमान, अपहेलना र छुवाछूतको आरोपसहित नकारात्मक दृष्टिकोणले हेरिने गरेको भन्दै सबै दलित पत्रकार, अगुवा तथा समुदाय एकजुट भएर विभेदविरुद्ध लड्नुपर्नेमा जोड दिनुभयो ।
त्यसै गरी कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा रहनु भएका सोहि वार्डको वडाअध्यक्ष रबिन्द्र प्रसाद साहले सम्बोधन गर्दै भने हामि कहिले जातियता तिर नलागी स्वच्छ र शुद्ध भावनाले सबैलाई सम्मान रुपमा हेरेका छौ । वडाअध्यक्ष साहले हामि सबै मानव हो हामि सबैको रङ्ग रातो नै हो त्यस कारण छुवाछुत समाजिक अपराध हो। यसलाई हामिले सबैले एक भएर अन्त्य गर्नु पर्छ यदि कसैले भेदभाव गर्यो भने त्यस्ता ब्यतिmलाई कानुनी दायरा भित्र ल्याएर कार्यवाहि गर्नु पर्छ भने बाचा पनि गरेका थिए । हामि सबै जना यो अर्को जाति वा हो यो दलित हो, मुस्लिम भन्ने जातियता नारा लगायो भने हदैसम्मको कार्यवाहि गर्ने सबैलाई आग्रह समेत गरेका थिए ।
हमिले जति अवाज उठाएपनि यसलाई अन्तय गर्न मुस्किल हुने प्रधानाध्यापक तथा दलित अभियनता रामअधार पासवानले बताउनु भएका थिए । प्रधानाध्यापक पासवानले भने जब सम्म हाम्रो समाजमा शिक्षित मानिस वा बालबालिका हुदैंन तवसम्म हाम्रो यस्तै नै हुने अडान राख्नु भएका थिए । सबभन्दा पहिला हामि लगायत हाम्रो दलित समाजका अगुवाहरुलाई शिक्षामा बिशेष जोड दिन आग्रह गर्नु पर्छ र त्यसका बालबालिकाहरुलाई पढन पठाउनु पर्छ भन्ने कुरा गाउँगाउँमा गएर अभियान चलाउनु पर्छ बताउनु भएको थियो । शिक्षित भए र अग्र स्थानमा पुगेपछि सबै जनाले अगाडी आएर स्वागत गर्ने तथा अव समाज पहिला जस्तो नभएर दलित अव अगाडी उठन थालेको याद गर्न थाल्छ भन्ने अडान लिनु भएका थिए ।
त्यसै गरी कार्यक्रममा फतुवा बिजयपुर नगरपालिकाको मेयर प्रत्याशी बिजय यादब निर्बिजले दलित माथि हुने बिभेद, अन्याय र अत्याचार बिरुद्ध सधै अग्र स्थानमा रहि लडेको छु । कुनै पनि ठाउँमा दलित समुदायमाथि हुने बिभेद, झै–झगडा, गालीगलौज, मारपिट जस्ता कुराहरु भ्यो भने थाहा पाउने बितिकै सबभन्दा पहिला त्यहाँ पुग्ने ब्यति म हुँ र त्यहाँ कुन कुराले यस्तो समस्या आयो, यसको समाधान कसरी हुन्छ भने समस्याको समाधान खोजि लडने ब्यतिm म हुँ मेयर प्रत्याशि यादबले जोडदार रुपमा अवाज उठाएका थिए ।
मान्छेहरु सबै समान हुदैंन त्यस कारण कुनै कुरामा सबैको जाती वा धर्मको निशाना नबनाई अगाडी बढन दलित समुदायहरुलाई आग्रह गर्नु भएको थियो । जसले यदि यस्तो दलित, छुवाछुत जातिय भेदभाव गर्यो भने त्यसलाई कार्यवाहि गर्नु त्यसमा आवश्यक परे मलाई सम्झिनु म सधै साथ सहयोग दिने छु भने प्रतिवद्धता जनाउनु भएको थियो ।
अन्त्यमा सभाका सभापति एवम् संघका अध्यक्ष राजेश पासवान ९निर्माणी०ले दलित समुदायलाई सधैं अपमान गर्ने सामन्तवादी सोचको अन्त्य गर्न दृढ आवाज उठाउनु पर्ने बताउनुभयो । उहाँले “हामीलाई सधैं दबाउने सोचविरुद्ध खडा भइ समाजमा बराबरीको दृष्टिकोण कायम गर्न अब नेतृत्व तहका सम्पूर्ण दलित अगुवाहरु जिम्मेवार बन्नु जरुरी छ,” भन्दै एकता र सचेतनाको खाँचो औंल्याउनु भयो । कार्यक्रममा अन्य वक्ताहरुले पनि दलित समुदायलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन नभएको भन्दै सबै तहका दलित पत्रकार, बौद्धिक तथा सामाजिक अभियन्ताहरुलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका थिए ।
पासवानले पत्रकारिता देशको चौथो अंग रहेको बताउँदै पत्रकार कुनै जाति, धर्म वा वर्ग विशेषका लागि नभई जनताको सामूहिक आवाजका रूपमा स्थापित हुनुपर्नेमा जोड दिए। तर दलित समुदाय अझै राज्यको पहुँचबाट टाढा भएकाले उनीहरू निरन्तर विभेद र अन्यायको शिकार भइरहेकाले समाचार लेखन र मुद्दा उठानमार्फत पत्रकारहरूले संवेदनशील भूमिका खेल्नुपर्ने धारणा उनले राखे । सोहि कार्यक्रम मार्फत सञ्चारकर्मीहरुलाई व्याग वितरण गर्दै,आफुले यस्ता कार्यक्रमहरुको आयोजना पटकपटक गर्दै प्रमाण पत्र,प्रेस कार्ड लगायत अन्य आवश्यक सामाग्रीहरु वितरण गरिसकेको बताउदै, संघमा आवद्ध पदाधिकारीहरुलाई उक्त सामाग्रीहरुको दुरुपयोग नगर्न निर्देशन गरेका थिए ।
कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं।७ का वडाअध्यक्ष जगरनाथ प्रसाद भेडिहर, राष्ट्रिय दलिप पत्रकार महासंघ बाराको अध्यक्ष उपेन्द्र पासवान, दलित अगुवा नेपाल पत्रकार महासंघ बाराको उपाअध्यक्ष पन्नालाल दास, बरिष्ठ दलित अधिकारकर्मि रामबिनय पासवान, धर्मेन्द्र पासवान, मटुक पासवानले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।


