धनुषामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • ४ पटक पढिएको
धनुषामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

जनकपुरधा,२३ असोज। धनुषामा किशोरीलाई बोलाएर बलात्कार तथा बल्याकमेल गरेको आरोपमा धनुषाले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलका २१ वर्षीय दीपक राउत छन् ।

उनलाई प्रहरीले गत मंगलबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए । युवतीलाई भने सेफ हाउसमा राखिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दीपकले झापाको दमककी एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफूसहित केही केटा लगाएर बलात्कार गराएको आरोप छ ।

दीपकले मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीको अश्लील भिडियो राखेको र लागूऔषधको तस्वीरहरू राखेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस