नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • ३ पटक पढिएको
नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन

काठमाडौँ,२३ असोज। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधन भएको छ । जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापतिसमेत रहेका मल्लको कोहलपुरमा उपचारका क्रममा बिहीबार बिहान ३ः ०० बजे ७८ वर्षको उमेरमा भएको निधन भएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

मल्लको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । मल्लको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

ताजा अपडेट

खोजी गर्नुहोस