मुगुबाट नेपालगन्ज आउँदै गरेको गाडीमा २२ वर्षीय युवक मृत फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • ३ पटक पढिएको
मुगुबाट नेपालगन्ज आउँदै गरेको गाडीमा २२ वर्षीय युवक मृत फेला

सुर्खेत,२३ असोज। मुगुबाट नेपालगन्ज आउँदै गरेको एक गाडीमा २२ वर्षीय युवक मृत फेला परेका छन् । यो घटना गएराति भएको हो ।

‎‎मृतक जुम्लाको हिमा गाउँपालिका–१, निवासी गणेश रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । ‎रावत मुगुबाट सोही गाडीमा चढेर जुम्ला आउँदै थिए।

‎‎प्रहरी नायव उपरीक्षक रेग्मीका अनुसार, रावत ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडीमा सुतेका थिए । ‎जुम्ला आइपुगेपछि अन्य यात्रुले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका थिए।

गाडीमा सवार अन्य यात्रुहरूले सुतिरहेको बाहेक कुनै असामान्य गतिविधि नदेखेको बताएका छन्। ‎परिवारका सदस्यले गणेश रावतलाई खासै गम्भीर बिरामी नभएको तर कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको बताए ।

‎‎‎अहिले उनको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस