देशका विभिन्न कारागारबाट भागेका १४ सय थुनुवा अझै फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २३, बिहिबार (४ महिना अघि)
  • ४ पटक पढिएको
देशका विभिन्न कारागारबाट भागेका १४ सय थुनुवा अझै फरार

काठमाडौं, २३ असोज। देशभरका विभिन्न प्रहरी कार्यालयका हिरासतमा रहेका १४ सय थुनुवा अझै फरार छन् ।

जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि हिरासतका थुनुवालाई प्रहरीले छाडिदिएको थियो ।

ती मध्ये केही थुनुवा पक्राउ पर्नुका साथै केही आफै आए पनि अझै १४ सय थुनुवा फरार रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए ।

‘जेनजी प्रदर्शनमा छाडिएका मध्ये अझै १४ सय थुनुवा फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको छ’ घिमिरेले भने ।

सामान्य अपराधदेखि कर्तव्य ज्यान, बलात्कारसम्मका थुनुवा अहिले फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस