सिरहामा २ सय २० किलो लागूऔषध गाँजा बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २४, शुक्रबार (४ महिना अघि)
  • ३ पटक पढिएको
सिरहामा २ सय २० किलो लागूऔषध गाँजा बरामद

सिरहा, २४ असोज। सशस्त्र प्रहरी बल गुल्मा इनर्वा सिरहाले सिरहाको बलानखोला क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। गएराति भागवनपुर गाउँपालिका – २ स्थित बलान खोलानजिक कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले करिब २ सय २० किलो गाँजा फेला पारेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नौवटा बोरामा लुकाइएको गाँजा बरामद गरेको बताइएको छ। बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस