राष्ट्रपतिसँग शीतल निवासमा जेनजी वार्ता सुरू

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २५, शनिबार (४ महिना अघि)
  • ३ पटक पढिएको
राष्ट्रपतिसँग शीतल निवासमा जेनजी वार्ता सुरू

काठमाडौं, २५ असोज। राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको  छ । केही ढीला गरी वार्ता सुरु भएको छ ।

आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधि पुगेपछि शीतल निवासमा वार्ता सुरु गरिएको हो ।

बैठकमा सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेको छ । २० भन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए ।

वार्तामा जेनजीका मागबारेमा छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस