बाढी पहिरोका कारण अझै चार राजमार्ग अवरुद्ध 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २५, शनिबार (४ महिना अघि)
  • ३ पटक पढिएको
बाढी पहिरोका कारण अझै चार राजमार्ग अवरुद्ध 

काठमाडौं, २५ असोज। बाढी पहिरोका कारण अझै चार मुख्य सडक पूर्ण रूपमा अवरुद्ध रहेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभर चार राजमार्ग अवरुद्ध रहेका छन् ।

सङ्खुवासभा भोटेखोला गाउँपालिका वरुण नदीले डाइभर्सन बगाउँदा कोशी राजमार्ग जेठ ६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । यस्तै सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध  छ । यस्तै इलामको इलाम नगरपालिका–९ राजदुवाली लगायत स्थानहरूमा पहिरोका कारण मेची राजमार्ग अवरुद्ध रहेको जनाइएको छ । 

रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ र ३ मा बाढी पहिरोका कारण पासाङल्हामु सडक खण्ड पूणरुपमा अवरुद्ध रहेको छ । 

यसैगरी काभ्रेको रोशी गाउँपालिका ११ माम्तीखोला, डालाबेसी, बुल्ढुंगा लगायतका स्थानमा पहिरोका कारण बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको समेत विवरणमा जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस