सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • ५ पटक पढिएको
सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ, २६ असोज। पश्चिम बंगालको दुर्गापुरमा रहेको एक निजी कलेजकी एक छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार एक सहपाठी सहित तीन जना युवाहरूलाई पक्राउ गरेको छ ।

दुर्गापुर न्युटाउन प्रहरी चौकीका एक प्रहरी अधिकारीले नाम न छाप्ने सर्तमा बीबीसी हिन्दीलाई यो कुरा पुष्टि गरेका हुन् । प्रहरीले पक्राउ परेका पुरुषहरूलाई सोधपुछ गरिरहेको बताएको छ । कलेज क्याम्पसमा ड्रोनबाट तलासी भइरहेको छ ।

ओडिशाकी निवासी ती छात्रा शुक्रबार राति एक सहपाठीसँग कलेज क्याम्पसबाट निस्किएकी थिइन् । उनलाई जबरजस्ती दुर्व्यवहार गरेको, जबरजस्ती नजिकैको जङ्गलमा लगेको र सामूहिक बलात्कार गरेको आरोप केही युवाहरूमाथि छ ।

प्रहरीले त्यही रात सहपाठीलाई हिरासतमा लिएर सोधपुछ गरेको थियो । शनिबार राति अबेर थप दुई युवाहरूलाई हिरासतमा लिइयो । 

सोधपुछपछि तीनै जनालाई बिहान पक्राउ गरिएको हो घटनाको सम्बन्धमा थप दुई जनाको खोजी भइरहेको एक प्रहरी अधिकारीले बताएका छन् ।

छात्रा शुक्रबार लगभग डेढ घण्टा क्याम्पस बाहिर रहेकी घटनापछि कलेज व्यवस्थापनले एक विज्ञप्तिमा भनेको छ । विज्ञप्ति अनुसार, उनी सुरुमा एक सहपाठीसँग निस्किइन । 

तर त्यसपछि एक्लै फर्किइन् । केही समयपछि, उनी फेरि निस्किइन् । लगभग ४० मिनेट पछि, उनी आफ्नो सहपाठीसँग क्याम्पसमा फर्किइन् । आफ्नो होस्टेल पुगेपछि, उनले साथीहरूलाई घटनाबारे जानकारी गराइन् । पछि उनलाई अस्पताल भर्ना गरियो ।

राष्ट्रिय महिला आयोगका सदस्य अर्चना मजुमदारले पीडितलाई भेटेकी छिन् । आयोगले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी महानिर्देशकलाई पत्र पठाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस