कञ्चनपुर र दाङमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २६, आईतबार (४ महिना अघि)
  • ३ पटक पढिएको
कञ्चनपुर र दाङमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौँ, २६ असोज। कञ्चनपुर र दाङमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ पिपरैयास्थित सोही नगरपालिका–१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेको अवस्थामा सुरेन्द्रसहित ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ४ सय ९१ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेज बस्ने राममाया घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने ३६ वर्षीय प्रेमप्रकाश वली समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ६ सय ५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस