काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २७, सोमबार (४ महिना अघि)
  • ४ पटक पढिएको
काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, २७ असोज। काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा. प्र.०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

आइतबार राति उनको मृत्यु भएको प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस