एक महिला आफ्नै श्रीमानको गोप्य अंग काट्ने श्रीमती पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २८, मंगलबार (४ महिना अघि)
  • ४ पटक पढिएको
एक महिला आफ्नै श्रीमानको गोप्य अंग काट्ने श्रीमती पक्राउ

मोरङ, २८ असोज। मोरङको कटहरी गाउँपालिका – २ मा पारिवारिक विवादका क्रममा एक महिलाले आफ्नै पतिको गोप्य अंग काटिदिएकी छन्।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार कटहरीस्थित डेरामा बस्ने जहदा गाउँपालिका – ३ का ३२ वर्षीय पुरुष र उनकी ३० वर्षीया पत्नीबीच सोमबार राति विवाद भएको थियो। सोही विवादको क्रममा आक्रोशित पत्नीले पतिको लिंगमा धारिलो हतियार प्रयोग गरेकी थिइन्।

घटनामा पुरुषको गोप्य अंगको केही भाग काटिएको प्रहरीले जनाएको छ। ‘धारिलो हतियारले प्रहार गर्दा उनको गोप्य अंग आधा छिनिएको अवस्था छ,’ प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुँडालले बताइन्।

घाइते पुरुषलाई तत्कालै उपचारका लागि कोसी अस्पताल लगिएको छ भने आरोपी महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ। झगडाको कारण के थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस