वीरगन्जबाट ६ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ३०, बिहिबार (४ महिना अघि)
  • ४ पटक पढिएको
वीरगन्जबाट ६ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

पर्सा, ३० असोज। अवैध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट ७० वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बुधबार राति साढे १० बजेको समयमा वीरगन्ज महानगरपालिका-१६ वीरगन्ज भन्सार कार्यालय पछाडि मन्दिर इलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलतर्फ पैदल जाँदै गरेका भारत पटनाका ७० वर्षीय ब्रम्ह सहनीलाई पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले प्लास्टिक र टेपले बेरी लुकाई छिपाई ल्याएको छ किलो गाँजा फेला पारेको छ।

उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाइएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस