पेस्तोल र हतकडीसहित गोकर्णबाट दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ३०, बिहिबार (४ महिना अघि)
  • ५ पटक पढिएको
पेस्तोल र हतकडीसहित गोकर्णबाट दुई जना पक्राउ

काठमाडौँ, ३० असोज। काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गोकर्णबाट प्रहरीले पेस्तोल र हतकडीसहित बुधबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका घर भएर भक्तपुर बस्ने २७ वर्षीय राजन भुजेल र मेलम्ची नगरपालिका घर भएर गोकर्णेश्वर बस्ने २६ वर्षीय उत्तम भुजेल छन् ।

आरोपीहरूले लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको ९ एमएम पेस्तोल र १ थान हतकडी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस