पूर्वमन्त्री शाहले छाडे माओवादी केन्द्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ३०, बिहिबार (४ महिना अघि)
  • ४ पटक पढिएको
पूर्वमन्त्री शाहले छाडे माओवादी केन्द्र

काठमाडौं, ३० असोज। पूर्व विज्ञानमन्त्री गणेश शाहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको बताए ।

योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’ शाह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए ।

उनी पूर्व विज्ञानमन्त्री समेत हुन् । शाहले सन् १९७३मा रसियाको लोभोभ विश्वविद्यालयबाट इन्जिनियरिङ विषय अध्ययन गरेका थिए ।

उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए ।  माओवादी केन्द्रमा एकता प्रक्रियामा आउनुअघि उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का महासचिव थिए।

अब कुनै पनि पार्टीमा नलाग्ने उनले पटक–पटक दोहोर्‍याए ।

नयाँ पार्टी खोलेकाहरूले अभिभावकीय भूमिका खेलिदिन आग्रह गरिरहेको उल्लेख गर्दै उनले आफू त्यस्तो भूमिकाका लागि तयार नहुने बताए । उनले भने, ‘माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्न ।’

ताजा अपडेट

खोजी गर्नुहोस