बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक १, शुक्रबार (४ महिना अघि)
  • ३ पटक पढिएको
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको माग

काठमाडौं, ३१ असोज। बङ्गलादेशका अभियोजकहरूले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरेका छन् । गएको वर्ष विद्यार्थीको नेतृत्वमा भएको सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा भएको प्रदर्शनलाई दबाएकोमा उनीमाथि मानवता विरुद्धको अपराधको आरोप लगाइएको छ ।

बङ्गलादेशमा यी विद्यार्थी प्रदर्शनहरू हिंसात्मक भएका थिए । प्रदर्शन दबाउन भएको सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरू मारिएका थिए । यही हिंसाले शेख हसिनालाई सत्ताबाट हटाएको थियो । ज्यान जोगाउन हशिना देश छाडेर भारत भागेकी थिइन् । हसिना अहिले पनि भारतकै शरणमा छिन् ।

उनको विरुद्ध चलिरहेको मुद्दाको क्रममा एउटा लीक भएको अडियो क्लिप बाहिर आएको छ । जसमा उनले सुरक्षा बललाई प्रदर्शनकारीहरू विरुद्ध घातक हतियार प्रयोग गर्न आदेश दिएको आरोप छ । तर हसिनाले भने यी आरोपहरूलाई अस्वीकार गरेकी छिन् । गत वर्षको हिंसामा लगभग १ हजार ४०० मानिस मारिएका थिए । यसलाई १९७१ को स्वतन्त्रता युद्ध पछि बङ्गलादेशमा भएको सबैभन्दा खराब हिंसा मानिन्छ ।

‘हसिनाले १ हजारर ४०० मृत्युदण्ड पाउनुपर्छ ।’ बङ्गलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने । मानवीय रूपमा सम्भव नभएकोले आफूहरूले कम्तीमा एउटा मृत्युदण्ड मागेको पनि उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस