सर्पको टोकाईबाट एक बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक १, शुक्रबार (४ महिना अघि)
  • ४ पटक पढिएको
सर्पको टोकाईबाट एक बालकको मृत्यु

झापा, ३१ असोज। सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो ।

राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । 

उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिए । 

ताजा अपडेट

खोजी गर्नुहोस