रमेश कुमार यादब
कार्तिक ०२, रौतहट
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफनो पार्टीलाई अब सानो वा कमजोर नठान्न आग्रह गरेका छन् । उनले पार्टी नेपाली कांग्रेस र एमालेभन्दा पनि शक्तिशाली संगठनको रूपमा उभिइसकेको दाबी गरेका छन् आईतबार रौतहटको बृन्दावननगरपालिका–६ हर्षाहस्थित बतहु माध्यमिक विद्यालयको प्राङणमा आयोजित शुभकामना आदान–प्रदान तथा पार्टी कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी जनताको विश्वास जित्दै अघि बढिरहेको बताए ।

“एमालेभन्दा ठूलो हाम्रो पार्टी”
अध्यक्ष नेपालले प्रदेश नं. २ (मधेस प्रदेश) मा पनि एकीकृत समाजवादी एमाले भन्दा ठूलो र जनताको नजिकको पार्टी बनेको बताए। उनले भने, “अब हाम्रो पार्टीलाई सानो तिनो भनेर नबुझ्नुस्, हामी जनताको मनमा गहिरो रूपमा बसिसकेका छौं ।”उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति तीखो टिप्पणी गर्दै भने, “सूर्यमा ग्रहण लागिसकेको छ, अब कलम चल्न थालेको छ । ओलीको निरंकुश र हठी स्वभावले देशलाई करिब ४ खर्ब रुपैयां बराबरको क्षति पु¥याएको छ ।”
“चुनाव जित्न होइन, समाज रूपान्तरणका लागि राजनीति”

पूर्व प्रधानमन्त्री नेपालले पार्टीका कार्यकर्तालाई जनताको नजिक रहन र राजनीतिको मूल उद्देश्य समाज रूपान्तरणमा केन्द्रित गर्न आग्रह गरे । उनले भने, “राजनीति चुनाव जित्नका लागि मात्र होइन, समाज बदल्नका लागि हो । जनताको विश्वास जित्न सक्यौं भने चुनाव आफैं जितिन्छ ।” नेपालले राजनीतिकर्मीको प्रमुख दायित्व जनतांग निरन्तर सम्पर्कमा रहनु, उनीहरूको समस्यामा साथ दिनु र संगठनलाई बलियो बनाउनु रहेको बताए।
नले समाजवादी मोर्चालाई अझ सशक्त बनाउन र विचार मिल्ने अन्य वामपन्थी शक्तिहरूसँग एकता गर्ने तयारी भइरहेको जानकारी पनि दिए। मन्त्री कनिष पटेलको तीखो प्रश्न ः “ओली(देउवा र प्रचण्ड जनताको बीचमा जान सक्छन?” त्यसै कार्यक्रममा प्रदेशका नव–नियुक्त मन्त्री कनिष पटेलले पनि तीखो अभिव्यक्ति दिए। उनले भने, “हामी जनताको हकहितमा काम गर्छौं, त्यसैले जनताका बीचमा निर्धक्क भएर हिँड्न सक्छौं।

तर के आज केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डजस्ता नेताहरू आफना गाउं, टोल वा निर्वाचन क्षेत्रका जनतासंग भेट्न सक्छन?” मन्त्री पटेलले दाबी गरे, “यदि ती नेताहरू जनताको बीचमा गए भने जनताले लौरो लिएर हिर्काउनेछन्, लखेट्नेछन्, किनभने जनताले अब उनीहरूलाई विश्वास गर्न छोडिसकेका छन् ।”जुन बिश्वासले मलाई मन्त्री बनाएको छ त्यो बिश्वास कहिले टुटन दिने छैनौ र टाउको सधै माथि गरेर बोल्न जस्तो काम गर्ने छु प्रतिबद्धता पनि जनाउनु भएको थियो ।

कार्यक्रममा बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मि, विशिष्ट अतिथिका रूपमा संविधानसभा सदस्य तथा पार्टी उप–महासचिव रामकुमार भट्टराई, देवाहि गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेमलाल साह, बृन्दावन न.पा १ का वडाअध्यक्ष रामनाथ सहनी, ३ नंम्बरका वडाअध्यक्ष हरिनरायण साह, ६ नम्बरका वडाअध्यक्ष मजहर मंसुर, ७ का वडाअध्यक्ष मदन पाल, ९ का वडाअध्यक्ष प्रवेज आलम, गढिमाई नगरपालिकाको वार्ड नं.१ का वडाअध्यक्ष रामपुकार यादब लगायतस्थानीय पार्टी कार्यकर्ता, जनप्रतिनिधि, विद्यार्थी, महिला तथा वामपन्थी समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा तिहार, छठलगायत पर्वका अवसरमा शुभकामना आदान–प्रदान गर्दै आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।


