छठ पर्वको अवसरमा वडाअध्यक्ष प्रत्याशी उमेश सहनीद्वारा ब्रतालु महिलाहरुलाई साडी वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक ११, सोमबार (४ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

रौशन कुमार चौधरी
कार्तिक ११, रौतहट

हिन्दू धर्मावलम्बीहरूको महान आस्था, संस्कृति र परम्पराको पर्व छठको पावन अवसरमा कटहरिया नगरपालिकाको वडा नं। ६ फत्तेपुरमा वडाअध्यक्षका प्रत्याशी उमेश सहनीले ब्रतालु महिलाहरुलाई साडी वितरण गरी उदाहरणीय मानवीयता प्रस्तुत गरेका छन्। “खाने मुखलाई जुंगाले छेक्दैन” भन्ने उक्ति चरितार्थ गर्दै सहनीले आफ्नो व्यक्तिगत खर्चमा २२ जना छठ ब्रतालु महिलाहरुलाई साडी सेट वितरण गरेका हुन्।

सोमबार आयोजित सो कार्यक्रमको प्रमुख आकर्षण नै सहनीको सहयोगी भावना र समाजसेवी सोच रह्यो। कार्यक्रममा बोल्दै वडाअध्यक्ष प्रत्याशी सहनीले भने, “छठ केवल पूजापाठको पर्व होइन, यो हाम्रो संस्कृति, परम्परा र आस्थाको प्रतीक हो। यस पर्वलाई सबैले मिलेर संरक्षण र प्रवर्द्धन गर्नुपर्छ।

” उनले थपे, “यो साडी वितरण कुनै प्रचारका लागि होइन, बरु गरीब र असहाय परिवारहरुलाई सहयोग पुर्‍याउने मेरो सानो प्रयास हो।” साडी पाएका ब्रतालु महिलाहरु अत्यन्तै खुशी भएका थिए।उनीहरूले भने, “यो बेला सबै सामान मंहगा भएका कारण सहनी सरको सहयोगले ठूलो राहत मिल्यो। हामी सबै छठी मईयासँग उहाँको सफलताको कामना गर्छौं।”

कार्यक्रमको अन्त्यमा सहनीले सबै उपस्थित ब्रतालु तथा स्थानीय बासिन्दाहरुलाई छठ पर्वको शुभकामना दिँदै भने, “छठ पर्वले समाजमा एकता, आपसी सद्भाव र धार्मिक सहिष्णुताको भावना जागोस्, सबैमा सद्बुद्धि प्रदान होस्।”


कार्यक्रममा राजदेव सहनी, श्रीभगवान साह, प्रवेज आलम, सुनिल सहनी, विजय सहनी, जवाहर सहनी, मनोज साह लगायत स्थानीय समाजसेवी तथा नगारिकहरूको सक्रिय सहभागिता रहेको थियो।स्थानीय बासिन्दाहरुले सहनीको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता र सहयोगी स्वभावको उच्च प्रशंसा गर्दै आगामी निर्वाचनमा उनलाई जनताको सच्चा सेवकको रूपमा हेरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस