जंगलमा रोकिराखेको ट्रकमा दुई वटा बस ठोक्दा ३३ जना यात्रु घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक १५, शुक्रबार (३ महिना अघि)
  • ५ पटक पढिएको
जंगलमा रोकिराखेको ट्रकमा दुई वटा बस ठोक्दा ३३ जना यात्रु घाइते

 रौतहट, १४ कार्तिक । ईटा लोड भएको ट्रक सडक छेउमै पार्किङ अवस्थामा दुई वटा यात्रुबाहक रात्री बस विहिवार राति चितवनको टिकौली जंगलमा ठोक्किदा ३३ जना यात्रुहरु घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईटा लोड भएका ना ६ ख ८१३ नम्वरको ट्रक सडक छेउमै पार्किङ गरिएको अवस्थामा दुर्गा भगवतीबाट छुटेर गौर हुँदै काठमाडौं तर्फ जाँदै गरेका बा. प्र. ०३०० ख ०१२३ नम्वरको डल्फिन यात्रुबाहक बस ठोक्किएकै समयमा स्पिड कन्ट्रोल गर्न नसक्दा पछिबाट जनकपुरबाट काठमाडौ तर्फ जाँदै गरेका बा. प्र. ०३०० ख ३९०२ नम्बरको रुद्राक्ष ट्राभल्सका बस ठोक्किदा उक्त दुर्घटना भएका हुन् ।

पौने २ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर घाइते भएका ३३ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाको जानकारी पाउना साथ सशस्त्र प्रहरी बल, नेपाल नम्वर १७ गण आँपटारी चितवनबाट खटिएका प्रहरीहरुले घाइतेहरुलाई उद्धार गरेर भरतपुरको विभिन्न अस्पतालमा पुर्याएपछि अहिले उपचार भईरहेको हो ।

दुर्घटना पश्चात यातायात अवरुद्ध भएका थिए । सुरक्षाकर्मीले क्रेनको मद्दतबाट बसलाई सडकबाट हटाएर आज बिहान ३ बजे देखि सडक एकतर्फी खुलाइए ।

रुद्राक्ष ट्राभल्सका चालक धनुषा शहीद नगरपालिका–४ का ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको जनाइएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरी श्रोतबाट बुझिएका छन् ।

बस दुर्घटनामा परेर उपचाररत घाइतेहरुको सूची 

नयाँ मेडिकल कलेज

१. उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री (२०) – मध्यम

२. धनुषा जनकपुर–१७ का सदाकत मियाँ (३९) – मध्यम

३. धनुषा जनकपुर–१७ का नरेन्द्र शाह (५२) – सामान्य

४. रौतहट गौर–५ का मुकेश कुमार केसरी (४१) – मध्यम

५. धनुषा जनकपुर–७ का समिर अन्सारी (१७) – सामान्य

६. महोत्तरी पिपरा–१ की गीता देवी यादव (५०) – सामान्य

७. रौतहट राजदेवी–१ का कृष्ण कुमार साह – मध्यम

८. धनुषा जनकपुर–१ का बसन्त झा (४६) – सामान्य

९. धनुषा जनकपुर–४ का मुकेश लाल कर्ण (४९) – सामान्य

१०. धनुषा जनकपुर–४ की अन्जु कर्ण (३४) – सामान्य

११. धनुषा जनकपुर–४ का आरुष कर्ण – सामान्य

१२. महोत्तरी पिपरा–१ का राम क्षेत्री (३७) – सामान्य

१३. रौतहट राजदेवी–१ का अनिकेत कुमार साह (२०) – मध्यम

१४. रौतहट बृन्दावन–३ का आरभ मिश्र (११) – मध्यम

१५. धनुषा लक्ष्मीनिया–४ की विधा चौधरी (१९) – मध्यम

नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरूः

१. धनुषा जलेश्वर–५ का आदित्य कुमार सिंह (२०) – सामान्य

२. धनुषा जलेश्वर–५ की रेखा सिंह (४३) – सामान्य

३. धनुषा जलेश्वर–५ की अञ्जली सिंह (२१) – सामान्य

४. भारत मोतिहारीका सुनिल प्रसाद (३२) – सामान्य

५. भारत मोतिहारीकी सुभद्रा कुमारी चौधरी (२५) – सामान्य

६. भारत मोतिहारीकी प्रिया जैशवाल (७) – सामान्य

७. भारत मोतिहारीकी कृती जैशवाल (४) – सामान्य

८. धनुषा जनकपुर–८ का आलोक कुमार राउत (२८) – सामान्य

९. रौतहट राजदेवी–२ का मोनु कुमार महतो (२१) – सामान्य

१०. रौतहट गौर–९ की गम्भिरादेवी ठाकुर (६६) – सामान्य

११. रौतहट गरुडा–७ का विजय साह (५०) – सामान्य

१२. रौतहट गरुडा–७ की उर्मिला कुमारी साह (४०) – सामान्य

१३. रौतहट बृन्दावन–३ की सुनिता देवी मिश्र (६२) – मध्यम

भरतपुर अस्पतालमा उपचाररत घाइतेहरूः

१. रौतहट दुर्गावती–२ का राजकिशोर दास (३०) – सामान्य

२. रौतहट दुर्गावती–२ का राजु दास (२५) – सामान्य

३. भारत मोतिहारीका महमद साहेब (२२) – सामान्य

४. रौतहट माधवनारायण–५ का रोशी कुमार साह (१९) – सामान्य

५. धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी (१९) – मध्यम

घटना कसरी भयो, कसको लापरवाहीले भएको हो त्यस सम्बन्धमा चितवन प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको तथा दुबै बसका चालक सामान्य घाइते भएको बताइएको ।

ताजा अपडेट

खोजी गर्नुहोस