काठमाडौँको चन्द्रागिरिबाट लागुऔषधसहित २ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक १८, सोमबार (३ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौँको चन्द्रागिरिबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौँ, १७ कार्तिक। प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित बसुन्डोलबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि–२ नागढुंगा घर भएका २८ वर्षीय निकेश कार्की र २४ वर्षीय सन्दीप भुजेल छन् ।

आइतबार प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी सहायक हवल्दार किशोर खत्री नेतृत्वको टिमले चेकजाँच गर्दा उनीहरूको साथमा लागुऔषध फेला परेको थियो ।

आरोपीहरूको साथबाट प्रहरीले ट्रामाडोल ५०३ क्याप्सुल बरामद गरेको छ । उनीहरू सवार बा.८० प ८९१५ नम्बरको एनएस मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस