जम्मू कश्मीरको श्रीनगरमा रहेको प्रहरी चौकीमा विस्फोट : ८ जनाको मृत्यु २७ घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक ३०, शनिबार (३ महिना अघि)
  • ३ पटक पढिएको
जम्मू कश्मीरको श्रीनगरमा रहेको प्रहरी चौकीमा विस्फोट : ८ जनाको मृत्यु २७ घाइते

२९ कात्तिक। भारतको जम्मू कश्मीरको श्रीनगरमा रहेको नौगाम क्षेत्रमा रहेको एक प्रहरी चौकी भित्र गएराति विस्फोट भएको छ । विस्फोटमा आठ जनाको ज्यान गएको र २७ जना घाइते भएका पीटीआईलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ ।

ज्यान गुमाउने र घाइते हुनेहरु धेरै प्रहरी रहेका छन् ।

यो आतङ्कवादी आक्रमण नभइ प्रहरी चौकी भित्र भण्डारण गरिएको केही अमोनियम नाइट्रेट विस्फोटक पदार्थ विस्फोट भएको प्रारम्भिक विवरण रहेको खबरमा उल्लेख छ । विस्फोटको आवाज धेरै टाढासम्म सुनिएको थियो ।

प्रहरी चौकी भित्र राखिएका गाडीमा पनि क्षति पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस