म्यारिज ब्यूरो चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक ३०, शनिबार (३ महिना अघि)
  • २ पटक पढिएको
म्यारिज ब्यूरो चलाएको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ

 काठमाण्डौ, २९ कात्तिक। काठमाण्डौको सोह्रखुट्टेमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

उनीहरूलाई हिजो बेलुका पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा थप के हो ? भनेर अनुसन्धान चलिरहेको छ ।

उनीहरूले विवाहका लागि केही महिलालाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस