हिंसा भड्किने अभिव्यक्ति दिएका दुर्गा प्रसाईं पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ३, मंगलबार (३ महिना अघि)
  • ३ पटक पढिएको
हिंसा भड्किने अभिव्यक्ति दिएका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं , ०२ मंसिर। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले  सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाटै  मेडिकल व्यवसायी प्रसाईं पक्राउ गरेका हुन्। 

प्रसाईंका एक निकटस्थ सहयोगीका अनुसार सुतिसकेका प्रसाईंलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी टोली मध्यरातमा निवासमा पुगेको थियो ।

मेडिकल व्यवसायी प्रसाईंको निवासबाट उनलाई निकाल्दै गरिएको भिडियोसमेत सार्वजनिक भएको छ । भिडियोमा प्रसाईंले आफू गाडी चढ्दै गरेको खिच्न भनिरहेका छन्। 

उनले सोमबार दिउँसो पत्रकार सम्मलेन गरेका थिए। प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका छन्।

आन्दोलनको तयारीमा रहेका उनी राति पक्राउ परेका हुन् । यस अगाडि गृह मन्त्रालयमा प्रसाईंका तर्फबाट २६ बुँदे माग पत्र पेश भएको थियो। माग पूरा नभए शान्तिपूर्ण आन्दोलन हुने प्रतिबद्धता जनाएको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै पनि प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको स्रोतको भनाई छ।

ताजा अपडेट

खोजी गर्नुहोस