कृष्ण तिवारी , मंसिर २ गते । रौतहट
रौतहट जिल्लाको फतुवा विजयपुर नगर पालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सोमबार प्रमुख जिल्ला अधिकारीलाइ संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन्।
नगर पालिकाका ११ वटा वडाका वडा अध्यक्षहरुले संयुक्त रुपमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाइ ज्ञापन पत्र बुझाएका हुन।
कार्यवाहक नगर प्रमुख अम्बेया खातुन र वहाको लोग्नेका कारण नगरपालिकाका सम्पूर्ण वडा कार्यालयमा तालाबन्दी भएको कारण काम काज प्रभावित बनेको हुदा बन्द रहेको कार्यालय संचालनको लागि पहल गर्न दिन ज्ञापन पत्र बुझाइएको वडा नम्बर २ का वडा अध्यक्ष अनुरुद प्रसाद यादवले बताएका छन्।
कार्यवाहक नगरप्रमुख खातुन आफ्नो लोग्नेको बहकाउमा परि प्रमुख प्रशासकीय अधिकृत फेर बदलमा लागेको कारण नगरपालिका लगायत सम्पूर्ण वडा कार्यालयमा करार सेवामा कार्यरत रहेका कर्मचारीहरुले ताला लगाएर आन्दोलनमा उत्रेको कारण कामकाज प्रभावित बनेको आरोप लगाए।
वडा अध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृत भरत यादवले कानुन बिपरित कार्य गर्न नमान्दा कार्यवाहक नगर प्रमुखले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उहाको सरुवा गराएको जानकारी गराए।
वडा नम्बर २ मा पहिला देखि निर्माण भएको कालोपत्रे सडकमा पुन ५० लाखको माटो पुरी ग्रेभल गरेको नक्कली बिल बनाएर रकम भुक्तानी गर्न दवाव दिदा प्रमुख प्रशासकीय अधिकृत यादवले नमाने पछि उहाको सरुवा गराएर अर्को प्रमुख प्रशासकीय अधिकृत मदन थापालाइ ल्याएकोले विवाद सृजना भएको वडा नम्बर १ का वडा अध्यक्ष विजय कुमार यादवले बताए।
नगर पालिकामा ८२ जना कार्यरत करार सेवाका कर्मचारीको काम गरेको तलब दिने कार्यपालिका बैठकबाट निर्णय भए तापनि नगर प्रमुखले आफ्नो लोग्ने शेख सेराजको कुरामा लागि तलब भुक्तानी गर्न नदिएको आरोप उहाले लगाए। वडा कार्यालयको काम बन्द भएको कारण दैनिक प्रबाह हुने सेवा नराम्रो संग प्रभावित बनेको प्रति नगर प्रमुख कुनै चासो नदेखाएकोले बाध्य भएर ज्ञापन पत्र दिनु परेको वडा अध्यक्षहरूले बताएका छन्।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुषालले कार्यालय संचालनको लागि आवश्यक पहल गर्ने प्रतिब्धता जनाएका छन्।
फतुवा बिजयपुरका वडा अध्यक्षहरुले प्र. जि. अ लाई बुझाए ज्ञापन पत्र


