धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ मंसिर ८, आईतबार (३ महिना अघि)
  • ३ पटक पढिएको
धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

ढल्केबर, ०७ मंसिर। धनुषाको मिथिला नगरपालिका–२, हजरा चौकस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आइतबार बिहान कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ठक्करबाट मिथिला नगरपालिका–१, लक्ष्मीनिवासका ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते हुनुभएको छ भने उहाँको श्रीमती ५५ वर्षीया सुमित्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

बागमति प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले सडक पार गर्न लागेका साइकलमा सवार दम्पत्तिलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

  घटनापछि स्थानीयवासी तथा प्रहरी टोलीले घाइते राजकुमार महतोलाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालतर्फ पठाइएको छ ।

ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस